नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा संक्रमितको संख्या ११० पुगेको छ।
कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार उनीमा संक्रमण पुष्टि भएको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित उदयपुर भुल्के निवासी ४३ वर्षीय महिला हुन। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
