नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण अनुसार कपीलवस्तुकाे यशोधरा गाँउपालीका र बुद्धभुमी नगरपालीकाका १० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमितहरु सबै यशोधरा गाँउपालीकाकाे वडा नम्बर ५ र बुद्धभुमी नगरपालीकाका वडा नम्बर ७ र १० निवासी हुन् । संक्रमितहरुमध्ये २० र ३४ बर्षका २/२ जना छन् भने १८, १९, २४, ३० र ३१ बर्षका १/१ जना छन् । एक जनाकाे उमेर नखुलेकाे मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार, संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ।