काठमाडौं– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अस्पताल भर्ना भएका छन्।
स्वास्थ्य अवस्था अस्वस्थ भएपछि आज बिहान थापालाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हाे।
पत्थरीको शल्यक्रियाका लागि थापालाई अस्पताल भर्ना गरिएको श्रोतले बताएको छ।उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्ने अस्पतालले जनाएको छ।
थापा नेकपा केन्द्रीय सदस्य समेत हुन्।