काठमाडाैं - नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमित भेटिएका छन्। याे संगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको स्वाब परीक्षणका क्रममा सप्तरीका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ घर भएका १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
