काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ। वैदेशिक रोजगारीका लागि हाल दुबईमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण भएको हो।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै रन्जितले आफूलाई कोरोना पोजेटिभ देखिएको बताए। कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।
रन्जितले कोरोनासँग नआत्तिन सबैसँग आग्रहसमेत गरेका छन्। रन्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए।