नेपालमा लकडाउन खुकुलो हुँदै गर्दा सोमबार एकैदिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय ३४ पुगेको छ ।
लकडाउनका कारण बन्द भएको धितोपत्र बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउने भएको छ। सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै शेयर बजार बन्द भएको थियो। नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले मङ्गलबारदेखि शेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए।
विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो सँगै डिस्चार्ज हुनेको संख्य ३३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले २४ घण्टाको अन्तरमा गरिएको परीक्षण २ वटा परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको बताए।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गरिने भएको छ। सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझ ५ बजेबाट कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको हो। भारतबाटै नेपाल भित्रिएकाहरुमा कोरोना संक्रमण देखिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो।
सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको दोहो¥याउँदै राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने बताएको छ। भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण गरेका सन्दर्भमा प्रतिनिधिसभा अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिलाई सरकारको औपचारिक दृष्टिकोण आज प्रस्तुत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा नेपाल सरकार दृढताका साथ लागिरहेको बताए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अस्पताल भर्ना भएका छन्। स्वास्थ्य अवस्था अस्वस्थ भएपछि आज बिहान थापालाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो। पत्थरीको शल्यक्रियाका लागि थापालाई अस्पताल भर्ना गरिएको श्रोतले बताएको छ।उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्ने अस्पतालले जनाएको छ।
बैदेशिक रोजगारीका लागि लाखौं नेपालीहरु खाडी मुलुकमा रहेका छन्। त्यहाँ संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन्। हालसम्म खाडी मुलुकमा ५४१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने ९६ हजार ७४९ जना संक्रमित भएका छन्। खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा हालसम्म सबैभन्दा धेरै २ सय ४६ जनाको मृत्यु भएको छ भने ३९ हजार ४८ जना संक्रमित भएका छन्। यस्तै यूएईमा १ सय ९८ जनाको मृत्यु भएको छ भने १८ हजार १९८ जना संक्रमित भएका छन्।
अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता–कर प्रस्तावबाहेक सम्बन्धमा भएको छलफलपछि जवाफ दिँदै मन्त्री खतिवडाले अहिलेको पहिलो चुनौती जीवनरक्षा भएको र जीवनरक्षाकै लागि आर्थिक गतिविधिलाई पनि सँगसँगै अघि बढाउने दिशामा सरकारउन्मुख भएको बताएका छन्।
राष्ट्रियसभाका सदस्यहरुले मुलुकमा सुशासन कायम गर्दै श्रमिकको ज्याला बढाउने गरी आगामी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७र७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० को छलफलमा भाग लिँदै सांसद गङ्गाकुमारी बेल्वासेले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले नेपालको सिमानामा भएको भारतीय अतिक्रमणको विरोध गर्दै रक्षाका लागि पहल गर्न नेपाल सरकारसँग आग्रह गरे।
देशब्यापी लकडाउनको यो डेढ महिनाको अवधिमा यतिबेला काठमाडौं मनमोहक बनेको छ । काठमाडौंका सडकहरु पार्क जस्ता देखिन थालेका छन् । यो कुनै शिखर सम्मेलन वा विदेशी पाहुनाको स्वागतका लागि रातारात गरिएको तयारी भने होइन। सरकारी संयन्त्रले करोडौं खर्चेर सडकमा रोपेका रेडिमेड फूलहरु ‘इन्फाचुएसन’ मात्र थिए। तर अहिले काठमाडौं प्राकृतिकरुपमै प्रेमिल बनेको छ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ। वैदेशिक रोजगारीका लागि हाल दुबईमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण भएको हो। सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै रन्जितले आफूलाई कोरोना पोजेटिभ देखिएको बताए। कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।
कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ ।
गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो।बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
विश्वव्यापीरुपमा महामारी फैलिएको कोभिड–१९ ले पारेको प्रभाव र यसको समाधानको वैज्ञानिक उपाय खोजीका लागि आगामी जेठ १७ र १८ गते ‘नासा स्पेस एप्स च्यालेञ्ज’ सञ्चालन गरिने भएको छ। ‘कोभिड–१९ च्याल्लेञ्ज २०२०’ नाम दिएको यो खोजी नेपालमा पनि सञ्चालन गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। ४८ घण्टे विश्वव्यापी ‘भर्चुअल ह्याकथान’ मा सहभागीले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन–नासा, युरोपेली अन्तरिक्ष संस्था युरोपियन स्पेस एजेन्सी–इसा तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी–जाक्साद्वारा प्रदान गरिने तथ्याङ्कमा काम गरी कोभिड–१९ को समाधानका उपाय खोज्ने प्रयास गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिएका छन्।
नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान पिसीआर किट, २० हजार थान एन ९५ मास्क, आठ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान डिस्पोजेबल कभरअललगायतका सामग्री हस्तान्तरण गरेका हुन्। यसअघि पनि चीनले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।