काठमाडौंमा ७ हजार बढी जनाको कोरोनाभाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गरिने भएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको एक हप्ताभित्र राहत वितरणमा सहभागी जनप्रतिनिधि, सरसफाइ कर्मचारी र स्वास्थ्यकर्मी सबैको पिसिआर परीक्षण गर्न लागिएको हो।
त्यस्तै नगर सुरक्षाकर्मी र जोखिमयुक्त ठाउँबाट आएकाहरूको पनि परीक्षण गरिने छ। अहिलेसम्म काठमाडौंमा २ हजार जनाको पिसिआर र ५ हजार जनार्को यापिड टेस्ट गरिएको छ। सरकारले काठमाडौंमा लकडाउन केही खुकुलो बनाएको छ। तर अहिले पनि उपत्यका सरकारले आन्तरिक वर्गीकरण गरेको ’रेड जोन’ मै छ।
काठमाडौमा हालसम्म पाँच जना व्यक्तिमा कोरोना संक्रमण देखिएकोमा चार जना निको भएर घरमा छन्। एक जनालाई भने पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन्। त्यस्तै मंगलबार मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ। यो मध्ये ३३ जना निको भएर घर फर्किसकेका छन्। हालसम्म कोरोनाकाे कारण मानविय क्षेती भने भएको छैन।