सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बुधबार ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको एक नेताले बताए।
बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए। त्यसपछि सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो।
तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो। नेकपाको विधानमा तीन महिनाको अन्तरमा बैठक बस्नुपर्ने उल्लेख छ।