तस्विरः मनिष पाैडेल
पर्साको बीरगञ्जमा मगंलबार राती ८ बजेदेखी नै लागु हुनेगरी निशेधाज्ञा जारी भएको छ। वीरगञ्जमा मंगलबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि निशेधाज्ञा जारी गरिएको हो। स्थानिय प्रशासनले निशधाज्ञा कार्यान्वयनका लागि सेना समेत परिचालन गर्ने निर्णय गरेको छ।
स्थानिय प्रशासन र सुरक्षा निकायका प्रमुखहरुविचको छलफलपछि निशेधाज्ञा जारी भएको पर्साकी प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिईन्।
‘‘आज ८ बजेबाट शुरु भएर जेठ ५ गते राती १२ बजेसम्म निशेधाज्ञा रहने’’, प्रहरी उपरिक्षक पन्तले भनिन्, ‘‘अत्यावश्यक बाहेक अरु केहि पनि सवारी चल्न पाउने छैनन्।’’ उनले पर्साबासिलाई निशेधाज्ञाको अवधिमा घरबाट ननिस्कन समेत आग्रह गरिन्।