मुलुकमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढ्न थालेपछि सरकारले लकडाउन अझै कडा बनाएको छ। एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोक्ने निर्णय गरेको छ। त्यसका लागि एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरिएको छ।
यो नियम विहिबारदेखी लागु हुनेछ। गृहमन्त्रालय श्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरको हकमा भने यो नियम लागु हुने छैन्। नयाँ व्यवस्थाअनुसार अब कुनै कार्यालयको पास देखाएर आवतजावत गर्न छुट हुने छैन्। आवतजावतका लागि सम्बन्धित निकाय जारी हुने पास अनिवार्य गरिएको छ।
अत्यावश्यक वस्तुको हकमा पनि पछिल्लो निर्णयलाई उल्टाइएको छ। सबैखाले सवारी साधनले अव अनिवार्य पास लिनुपर्नेछ। यसैगरी सञ्चारकर्मीको लागि पछिल्लो व्यवस्थाअनुसार सुचना विभागको कार्ड देखाएर समाचार संकलन गर्न अनुमती दिईनेछ।