मगंलबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवेर राती सुचना जारी गर्दै थप २६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। मगंलबार बिहान मात्र ५७ जनामा संक्रमण पुष्टि भएको थियो।
यससँगै नेपालमा संक्रमितहरुको संख्या २ सय १७ पुगेको छ। मन्त्रालयका सह–प्रवक्ताका अनुसार ६ पुरुष र १२ महिला गरी पर्सा जिल्लाका १८ जना, महोत्तरी जिल्लाका २ जना पुरुष, धनुषा जिल्लाका १ महिला र १ पुरुष गरी २ जना, भक्तपुर जिल्लाका १ महिला र १ पुरुष गरी २ जना, काठमाडौं जिल्लाकी १ महिला र सर्लाही जिल्लाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार संक्रमित २६ जनाकै स्वास्थ्य अवस्था सामान्य छ भने सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।