काठमाडौं– चिनियाँ जनमुक्ति सेनाको एयर फोर्स बुधबार विहान नेपाल आएको छ। नेपाली सेनाका लागि सहयोगबापत चीनले दिएको मेडिकल सामग्री लिएर एयर फोर्स चीनको चेङ्दुबाट काठमाडौं आएको हो।
चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो। उक्त विमानमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मो्मिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले जानमकारी दिए। कति परिमाणको मेडिकल समाग्री प्राप्त भयो भन्ने खुलाइएको छैन।
यसअघि पनि चीनले नेपाल सरकारलाई मेडिकल सामग्री सहयोग गरेको थियो।