बाँके र कपिलवस्तुमा थप दुइजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगञ्जका ३६ बर्षिय पुरुषमा र काठमाडाैंकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएको परिक्षणमा कपिलवस्तुका २२ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु अहिले स्वास्थ्यकर्मिको सम्पर्कमा रहेको मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।