एजेन्सी– शाओमी (Xiaomi) को सब ब्राण्ड पोको (Poco)ले आफ्नो बहुप्रतिक्षित एफ सीरीज अन्तर्गतकाे नयाँ स्मार्टफोन लन्च गरेको छ। कम्पनीले पोको एफ टु प्रो (Poco F2 Pro) नाम दिइएकाे नयाँ स्मार्टफाेन मंगलबार अनलाइन इभेन्टमार्फत लन्च गरेको हो ।
पोको एफ २ प्रो २०१८ मा सार्वजनिक गरेको पोको एफ १ (Poco F1) को अपग्रेड भर्सन हाे । पोको एफ २ प्रोलाई गत मार्च महिनामा लन्च भएकाे रेडमी के३० प्रो (Redmi K30 Pro) काे रीब्राण्डेड संस्करण पनि भनिएकाे छ । जसकाे डिजाइन पोको एफ २ प्रोसँगै मिल्दाेजुल्दाे रहेकाे छ ।
रेडमी के३० प्रोमा जस्तै पोको एफ २ प्रोमा पनि १०८०×२००० पिक्सेल रिजोलुशन रहेको ६.६७ इन्चको फुल-एचडी प्लस एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ । फोन 360 डिग्री एम्बिएन्ट लाइट सेन्सरकाे साथ अन स्क्रीन फिंगरप्रिन्ट सेन्सरसहित आएको छ । साथै यसमा कर्निंग गोरिल्ला ग्लास 5 प्रोटेक्शन प्रयाेग गरिएकाे छ । फोनको डिस्प्लेको टच स्यापलिंग रेट १८० हर्जको रहेकाे छ ।
पोको एफ २ प्रोमा पप अप सेल्फी क्यामरा तथा रियर क्यामरा राउण्ड सेपमा रहेको छ । यसमा ६४ मेगापिक्सेलको सोनी आईएमएक्स ६८६ प्राइमरी रियर क्यामरा छ भने अर्को ५ टेलिफोटो लेन्स, १३ मेगापिक्सेलको अल्ट्रा वाइड-एंगल लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सर राखिएको छ । २० मेगापिक्सेलको सेल्फी र भिडियो कलिंग क्यामरा रहेको याे स्मार्टफोन फाेटाेग्राफि तथा भिडियाेग्राफिकाे लागि उत्कृष्ट मानिएकाे छ ।
यस बाहेक, पोको एफ २ प्रो क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसर चीपसेट दिईएको छ । ५ जी सपोर्टिभ याे स्मार्टफोन एन्ड्रोइड १० मा आधारित छ । यस स्मार्टफोनमा टाइप-सी पोर्ट र तल स्पिकर ग्रिल छ र माथि ३.५ एमएमको हेडफोन ज्याक छ । यसका साथै यसमा ब्लूटूथ भर्सन ५.१, वाई-फाई ६, जीपिएस/ ए-जीपिएस, डुअल-माेड फाइभ जी (NSA SA), आईआर ब्लास्टर, एनएफसी जस्ता फिचरहरू समावेश गरिएकाे छ ।
पोको एफ २ प्रो ६जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज गरि दुइ भेरिएन्ट विकल्पमा उपलब्ध रहेकाे जनाएकाे छ । पोको एफ २ स्मार्टफोनमा ४७०० एमएएच (4700 mAh) काे ब्याट्री राखिएको छ । यसमा ३० वाटकाे फास्ट चार्जिङ सिस्टमका साथ आएकाे याे स्मार्टफोन ६३ मिनेटमा पूर्ण चार्ज हुने कम्पनीकाे दाबी छ ।
याे बाहेक यस स्मार्टफोनमा यो फोन लिक्विडकूल टेक्नोलोजीको प्रयाेग भएकाे छ, जसले गेमिङ्गको समयमा डिभाइसलाई चिसो बनाउन मद्दत गर्दछ । यसलाई Neon Blue, Phantom White, Electric Purple,र Cyber Grey गरि ४ वटा कलर भेरिएन्टमा उपलब्ध गराइएकाे छ ।
मूल्य
६ जीबी र्याम भेरिएन्टको पोको एफ २ प्रोकाे बजार मूल्य ४ सय ९९ यूरो तोकिएको छ । जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा लगभग ६५ हजार ३ सय रुपैँया पर्न आउँछ । यस्तै ८ जीबी र्याम भेरिएन्टको मूल्य ५सय ९९ यूरो रहेकाे छ । जसकाे नेपाली मूल्य लगभग ७८ हजार ४ सय रुपैँया पर्न आउँछ । यो फोन यूरोपमा मंगलबारदेखि नै उपलब्ध भएको छ भने अन्य देशहरूमा पनि छिट्टै उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।