नेपालमा मंगलबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि दिउसाे २ जनामा काेराेना संक्रमण देखिएकाे थियाे । याेसँगै नेपालमा संक्रमितकाे संख्या २ सय ४३ पुगेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतले गरेको सिमा अतिक्रमणका सम्बन्धमा बुधबार विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पुर्वप्रधानमन्त्रीहरुसँग परामर्ष गरेका छन् । बालुवाटारमा भएकाे परामर्षमा दलका प्रतिनिधि तथा पुर्वप्रधानमन्त्रीहरुले सिमा अतिक्रमणका सम्बन्धमा तत्काल भारतसँग उच्च तहमा समाधानउन्मुख वार्ता गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन्। दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो। वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो।
चिनियाँ जनमुक्ति सेनाको एयर फोर्स बुधबार विहान नेपाल आएको छ। नेपाली सेनाका लागि सहयोगबापत चीनले दिएको मेडिकल सामग्री लिएर एयर फोर्स चीनको चेङ्दुबाट काठमाडौं आएको हो। चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो। उक्त विमानमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मो्मिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले जानमकारी दिए। कति परिमाणको मेडिकल समाग्री प्राप्त भयो भन्ने खुलाइएको छैन।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पु¥याउन ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको छ। गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराई प्रयोगमा ल्याउन आग्रह गरेको छ। अमेरिकी अन्तर्रा्ष्ट्रिय विकास नियोग ९युएसएआइडी० को आर्थिक सहयोग र केन्द्रको संयोजकत्वमा बनाइएको सो सामग्री शिक्षक र अभिभावकले सजिलै प्रयोग गर्न सक्नेछन्।
समाजसेवी एवं नेपाली काँग्रेस कास्कीका नेता पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ। विसं२०१७ मा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका त्रिपाठी २०२८ सालमा तत्कालीन कालिका गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए। साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेका उनले राजनीतिसँगै शिक्षा र धार्मिक क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए।
सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको छ। योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ। धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन्। सङ्क्रमित व्यक्तिको २६ गते जनकपुरमा पिसिआर टेष्ट गरिएको थियो। त्यहाँ निगेटिभ आएपछि उनलाई घरमै राखिएको थियो। मङ्गलबार राति १०ः१५ बजेको समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेपछि सर्लाहीमा थप एक व्यक्ति कोरोना सङ्क्रमित भएको कुरा जानकारीमा आएको थियो।
नागार्जुन नगरपालिकाले बन्दाबन्दी ९लकडाउन०को समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ। कोरोना भाइरस कोभिड १९०का कारणले उपचार खर्च अभाव नहोस् भनेर ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला र सुत्केरी सबैलाई जनही रु पाँच हजार दिन थालिएको नगरपालिकाका प्रमुख मोहनकुमार बस्नेतले जानकारी दिएका छन्। उनले अस्पतालमा भर्ना भएका बिरामीलाई रकम उपलब्ध गराइएको बताएका छन्। नगरपालिकाले लकडाउनका बीचमा छ महिनासम्मका सुत्केरी र शिशुलाई समेत जनही रु पाँच हजार उपलब्ध गराउँदै आएको छ। उनका अनुसार अस्पतालमा भर्ना भएका र वडा कार्यालयको सिफारिस लिएर आउने बिरामीलाई आर्थिक सहयोग गरिएको छ।
धवलागिरि अस्पतालमा डायलासिसको औषधि अभाव भएको छ। औषधिको शीघ्र प्रबन्ध नगरिए मिर्गौलापीडितको उपचार प्रभावित हुनेछ। अस्पतालमा अहिले १९ जना बिरामीले नियमित डायलासिस सेवा लिन्छन्। ‘डायलासिसमा नभइ नहुने हेपारिन इन्जेक्सनको अभाव छ’, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, ‘पोखरा, काठमाडौँ बुझ्दा पनि अभाव रहेको पाइयो।’ उनले प्रदेश र सङ्घका सम्बन्धित निकायमा औषधि व्यवस्थाका लागि माग गरिएको बताएका छन्। बजारमा पनि औषधिको खोजी भइरहेको छ।
भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ। नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्।