नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत यसको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा २० जना पुरुष, ३ महिला र एकजना ४ वर्षिया बालिकामा संक्रमण देखिएको हो।
संक्रमितमध्ये १२ जना रुपन्देहीका हुन भने ८ जना कपिलवस्तु निवासी हुन्। यसैगरी पर्सा जिल्लाका ३ जना र नवलपरासीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
बुधबार दिउसो पनि २ जनामा संक्रमण पुष्टि भएको थियो। यससँगै नेपालमा संक्रमितहरुको संख्या २ सय ४३ पुगेको छ। जसमध्ये ३५ जना निको भइसकेका छन्।