राजनितीशास्त्री समाज, नेपालले भारतले नेपालको भुमि अतिक्रमण गरेको ठहर गरेको छ। समाजले आज एक विज्ञप्ती जारी गर्दै भारतको यो कदमलाई निन्दा गरेको छ।
‘‘हालै भारतद्वारा नेपाली भुमि कालापानी क्षेत्रमाथी भएको अतिक्रमण र एकतर्फि पक्कि सडक निर्माण गरी स्थायित्व दिन खोजेको व्यवहार नेपालको सार्वभौसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रतामाथीको ठाडो हस्तक्षेप हो’’, समाजका महासचिव भबिन्द्र बहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ, ‘‘यस्तो असहिष्णु व्यवहार निन्दनिय छ।’’
सिमा समस्याको यथाशिघ्र समाधान गर्न सरकारसँग माग गर्दै समाजले कोरोनाभाइरस महामारिबिरुद्द एक हुन सबैलाई आग्रह समेत गरेको छ।