स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले बिहिबार बिहान थप २ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ। मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कपिलवस्तुकी ६ वर्षिय वालिका र काठमाडौं चन्द्रागिरीका ३२ वर्षिय पुरुषसहित २ जनामा संक्रमण भएको जानकारी दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणबाट थप संक्रमण पुष्टि भएको हो। संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन्।
यससँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४५ पुगेको छ। जसमध्ये ३५ जना निको भएका छन्। बाँकि संक्रमितहरु आइसोलेसनमा छन् भने उनीहरुको अवस्था पनि सामान्य रहेको मन्त्रालय श्रोतले जानकारी दिएको छ।
(स्वास्थ्य मन्त्रालयको आधिकारिक पेजमार्फत सार्वजनिक गरिएको संक्रमितको संख्या २ सय ५० पुगेको भन्ने जानकारी स्वयम् मन्त्रालयले नै गलत रहेको बताएपछि यो समाचार सच्चाइएको छ।)
यो पनि पढ्नुहोस: कोरोना संक्रमितको संख्या २४५ नैः स्वास्थ्य मन्त्रालय