काठमाडौं- मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीहरूका लागि मोबाइल क्लास डेटा प्याक ल्याएकाे छ। कोरोना भाइरसकाे कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै विद्यालयहरु बन्द रहेको अवस्थामा अनलाइन अध्ययनका लागि आवश्यक इन्टरनेट सेवालाई मध्यनजर गर्दै कम्पनीले बुधबारबाट १६ जीबीको प्याक उपलब्ध गराएकाे हाे।
एनसेलले उपलब्ध गराएकाे साे डेटा भोलुम प्याक विद्यार्थीले करसहित १९१.५४ रूपैयाँमा खरीद गर्न सक्ने छन्। याे डेटा प्यककाे अवधि सात दिनसम्म रहनेछ। मोबाइल क्लास डेटा प्याक अन्तर्गत विद्यार्थीले ४ जीबी अल टाइम डेटा (All Time Data), २ जीबी भिडियो डेटा (Video Data) र बाँकि १० जीबी डेटा माइक्रोसफ्ट टिम्स (Microsoft Teams) काे रुपमा उपयोग गर्न सक्नेछन्।
४ जीबकाे अल टाइम डेटा प्यक कुनै पनि नेटवर्क (थ्रिजी तथा फोरजी) मा प्रयोग गर्न सक्नेछन्। २ जीबीकाे भिडियो डेटा प्यक भने युट्युव तथा अन्य गूगल सर्भिसेस् वा भिडियो कन्टेन्ट हेर्न प्रयोग गर्न सक्नेछन्। त्यस्तै १० जीबी भोलुमकाे डेटा प्यक माइक्रोसफ्ट टिम्स प्रयोग गर्न सक्नेछन्। माइक्रोसफ्ट टिम्स अन्तर्गत विद्यार्थीले शिक्षक तथा आफ्ना साथीसँग आन्तरिक च्याट, अनलाइन भिडियो मिटिङ, फाइल स्टोरेज र एप्लिकेशन इन्टिग्रेशन तथा समूहमा अध्ययन गर्न सक्ने छन्।
विद्यार्थीले यो प्याक खरीद तथा सुचारु गर्न *१७१२३*२०# डायल गर्नुपर्नेछ। यसकाे अलवा अंग्रेजीअक्षरमा EDU टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ।