नेपालमा कोरोना संक्रमीतको संख्या २ सय ४६ पुगेको छ। भरतपुर अस्पताल कोभिड १९ अस्पतालमा गरिएको परिक्षणमा एकजनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका वडा नम्बर १२ का ४९ वर्षिय पुरुष हुन्। हाल उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।