एजेन्सी– फ्रान्समा पछिल्लो २४ घण्टामा नयाँ कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएको छैन। यद्यपि एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ रहेको छ। योसँगै त्यहाँ मृत्यु हुनेको कुल संख्या २७ हजार ७४ पुगेको छ।
हालसम्म फ्रान्समा कुल संक्रमितको संख्या १ लाख ७८ हजार ६० छ। त्यसमध्ये ५८ हजार ६७३ जना उपचारपछि निको भएका छन् भने ९२ हजार ३१३ जनाको उपचार भइसकेको छ।