काठमाडौं– सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) को माहामारीबाट नागरिकको रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको हो। अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।