काठमाडौं - कोरोना भाइरसको आशंकामा हालसम्म ८४ हजार ९ सय ९१ जनाको नमुना परीक्षण भएको छ।
तिमध्ये २२ हजार ६ सय ६४को पिसीआर प्रविधिबाट र ६२ हजार ३ सय २७ जनाको आरडिटीबाट परिएक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो पछिल्लो २४ धण्टामा पीसीआर विधिबाट १ हजार ३६३ जनाको परीक्षण गरिएको बताए।
मन्त्रालयको तथ्याङ्क अनुसार, मुलुकभर हाल १५ हजार ६ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ भने काठमाडौं उपत्यकामा ६ र बाहिर २ सय ६६ जना आईसोलेसनमा छन्।
कुल संक्रमित २ सय ४६ मध्ये हालसम्म ३५ जना उपचारपछि डिस्जार्च भएका छन्। बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
यसैबिच कोरोना संक्रमणको जोखिमलाई कम गरि आम मानिसको जीवन रक्षा गर्न पिसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।