१. नेपालमा काेराेना महामारी फैलिंदै, विहिबार ६ जना थपिए, संक्रमितको संख्या २ सय ४९
नेपालमा कोरोना संक्रमीतको संख्या निरन्तर बढ्दै गएकाे छ । संख्या मात्र हाेइन संक्रमित हुने क्षेत्र पनि विस्तार भइरहेकाे छ । विहिबार ५ जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या २ सय ४९ पुगेको छ। साँझ काठमाडाैं, धादिङ्ग र धनुषामा एक एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । त्यसअघि विहान काठमाडाैंकाे चन्द्रागिरीका एकजना पुरुष र कपिलवस्तुकी एकजना महिलामा संक्रमण देखिएकाे थियाे भने मध्यान्ह नवलपरासी पुर्व देवचुलीका एकजना पुरुषमा भाइरसकाे संक्रमण पुष्टि भयाे ।
२. पुरानो सबै पास रद्द, नयाँ पासको लागि यस्तो छ व्यवस्था
लकडाउन प्रभावकारी बनाउनका लागि सबै खालका पुराना पास रद्द गर्ने निर्णय भएसँगै नयाँ पास वीतरणका लागि गृहमन्त्रालयले नयाँ व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार अब सम्बन्धित मन्त्रालयको सचिव वा सम्बन्धित नियामक निकायले मात्र पास जारी गर्न पाउने भएका छन्।
३. महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता :अध्यक्ष दाहाल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन्।
४. हालसम्म ८४ हजार ९ सय ९१ को नमुना परीक्षण : स्वास्थ्य-मन्त्रालय
कोरोना भाइरसको आशंकामा हालसम्म ८४ हजार ९ सय ९१ जनाको नमुना परीक्षण भएको छ।तिमध्ये २२ हजार ६ सय ६४को पिसीआर प्रविधिबाट र ६२ हजार ३ सय २७ जनाको आरडिटीबाट परिएक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
५. लकडाउन उल्लङ्घन गर्ने ७५ पक्राउ
जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताएका छन्।
६. विद्यार्थीका लागि एनसेलले ल्यायो मोबाइल क्लास डेटा प्याक
मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीहरूका लागि मोबाइल क्लास डेटा प्याक ल्याएकाे छ। कोरोना भाइरसकाे कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै विद्यालयहरु बन्द रहेको अवस्थामा अनलाइन अध्ययनका लागि आवश्यक इन्टरनेट सेवालाई मध्यनजर गर्दै कम्पनीले बुधबारबाट १६ जीबीको प्याक उपलब्ध गराएकाे हाे।
७. क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा बिर्सिंदैछिन् अनिता
दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो। अस्पताल पर्याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए।
८. हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा : तीन लाख बोरा मौज्दात
सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ। कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सरकारले गत चैत ११ गतेबाट लकडाउन जारी गरेपछि सो उद्योगको उत्पादन तथा बिक्री बन्द भएको थियो।
९. ‘निजी विद्यालयका ४० प्रतिशत विद्यार्थी गाउँतिर
कोरोना भाइरसको जोखिमपछि एक महिनाको शुल्क नलिन निर्देशन पाएका निजी विद्यालयहरु विद्यार्थी घट्ने खतरासँगै उल्टै सरकारसँग राहत प्याकेजको अपेक्षा गर्न थालेका छन्।
१०.दश महिनामा ५६८ फर्मलाई जरिवानाः तीन करोड राजश्व संकलन
बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दश महिनामा अनुचित व्यापारिक कारोबार गरेवापत ५ सय ६८ फर्मलाई जरिवाना गरेको छ। गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा काठमाडौं उपत्यका र बाहिर सञ्चालन भएका फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ।