नेपालमा कोरोना संक्रमीतको संख्या निरन्तर बढ्दै गएकाे छ। संख्या मात्र हाेइन संक्रमित हुने क्षेत्र पनि विस्तार भइरहेकाे छ। विहिबार ५ जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितकाे संख्या २ सय ४९ पुगेको छ।
विहिबार अबेर साँझ काठमाडाैं, धादिङ्ग र धनुषामा एक एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। त्यसअघि विहान काठमाडाैंकाे चन्द्रागिरीका एकजना पुरुष र कपिलवस्तुकी एकजना महिलामा संक्रमण देखिएकाे थियाे भने मध्यान्ह नवलपरासी पुर्व देवचुलीका एकजना पुरुषमा भाइरसकाे संक्रमण पुष्टि भयाे।
साँझ संक्रमण पुष्टि भएकाहरुमा काठमाडौं दहचोक निवासी ७ वर्षिय बालक, धनुषाको जनकपुर निवासी १७ वर्षिय यूवती र धादिङकी ३० वर्षिया महिला छन्। तिनै जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको सह–प्रवक्ता डा. अधिकारीले जानकारी दिए। संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
हालसम्म नेपालमा कोरोना संक्रमण देखिएका २ सय ४९ मध्ये ३५ जना निको भइसकेका छन् भने २ सय ७२ जना आइसोलेसनमा छन्।