शुक्रबार बिहान ९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितहरुको संख्या २ सय ५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले बाँकेका ८ जना र मकवानपुरका १ जना गरी ९ जनामा संक्रमण भएको पुष्टि गरे।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणमा बाँके नैनपुरका ८ जना पुरुष र मकवानपुर जिल्लाका एक जना पुरुषमा संक्रमण देखिएको हो।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।