पर्सा– पर्सामा कोरोना भाइरस संक्रमित आइसोलेसनबाट भागेमा प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने निर्णय गरेको हो।
बिहीबार नारायणी अञ्चल अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित भागेका थिए।