काठमाडाैं - उदयपुरका एक युवा कोरोना मुक्त भएर घर फर्किएका छन्। कोशी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षीय युवा निको भएर घर फर्केका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। यी युवा डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि २७ औँ दिनमा ती युवा डिस्चार्ज भएकाे बताए।
मन्त्रालयकाे तथ्याङ्क अनुसार कोरोना भाइरसको आशंकामा हालसम्म ८६ हजार ९ सय ९९ जनाको नमुना परीक्षण भएकाे छ। तिमध्ये २३ हजार ९ सय १४ को पिसीआर प्रविधिबाट र ६३ हजार ८५जनाको आरडिटीबाट परिएक्षण भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
त्यस्तै मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार पछिल्लाे २४ घण्टामा पिसिआरबाट १ हजार २ सय ५० र आरडिटिबाट ७ सय ५८ जनाकाे नमुना परीक्षण गरिएको छ। मन्त्रालयकाे तथ्याङ्क अनुसार, अहिले १५ हजार ६ सय ८३ जना मुलुकका विभिन्न क्वारेन्टाइनमा रहेका छन् भने २ सय ६७ जना आइसोलेसनमा छन्। आइसोलेसनमा रहेकामध्ये २७ जना उपत्यकाभित्र र २ सय ४० जना उपत्यकाबाहिर छन् ।
यसैगरी विभिन्न अस्पतालमा उपचाररत संक्रमितहरूकाे अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ। ।