दमौली– तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिएका छन्।
उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको शव दमौली अस्पतालमा राखिएको छ। रासस