काठमाडाैं - सरकारले तुईन हटाउने योजना सफल भएको दावी गरेकाे छ। आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले तुइन विस्थापन योजना पूर्ण सफल भएको बताइन्।
उनले कृषिमा ठुला कार्यक्रमहरु ल्याएर यस क्षेत्रलाई समुन्नत बनाइने बताइन्। साथै सामाजिक संरक्षणका धेरै कार्यक्रमहरु अगाडि ल्याइने बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापनमा बढी जोड दिएका थिए।
राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।