काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी मास्क लगाएर सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आएकी छन्।
विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उनी अपराह्न मास्क र हातमा पञ्जासहित आएकी हुन्।
सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उनले मास्क हटाएकी छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि कोभिड –१९ सङ्क्रमण जोखिमबाट बच्न मास्क लगाएका छन्। रासस