काठमाडाैं - सरकारले आगामी तीन वर्षभित्र देशका सबै नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने नीति लिएकाे छ। सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीन वर्षभित्र देशका सबै नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने याेजना बनाएकाे हाे ।
संसदमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य बिमामा आधारभूतबाहेक सबै उपचारलाई समावेश गरिने बताइन्।
हाल स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच सय ५१ स्थानीय तहका २७ लाखभन्दा बढी नागरिकको स्वास्थ्य बिमा गरिएको उनले जानकारी दिइन् ।