सरकारले आगामी बर्षका लागि भोकै कोही नपर्ने र भोकले कोही नमर्ने नीति लिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको निति तथा कार्यक्रम आज संसदमा प्रस्तुत गर्दै भनिन्, “अब भोकै कोही पर्दैन, भोकले कोही मर्दैन ।’’ त्यसका लागि सरकारले विशेष जोड दिने उनले बताइन् ।
सरकारले रोजगार गुमाएका श्रमिकलाई लक्षित गरी कार्यक्रम ल्याउने आगामी आर्थिक बर्षको निति कार्यक्रममा उल्लेख गरेको छ । कोभिड १९ पछिको रणनीति र कार्ययोजना तयार गरी अघि बढ्ने भन्दै सरकारले आन्तरिक उत्पादनमा जोड दिने बताएको छ ।