काठमाडाैं - सरकारले सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्याउने भएको छ।
संसदमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सामुदायिक विदालयमा उच्च गतिको इन्टरनेट र आधुनिक प्रयोगशाला निर्माण गर्ने बताइन्।
त्यस्तै अनलाइन शिक्षाको विस्तार र आवश्यक व्यवस्था गर्ने सरकारको लक्ष्य रहेको उनले बताइन्।