काठमाडाैं– राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रकारको श्रम शोषण अन्त्य गरिने बताएकी छिन्। आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले श्रम निरिक्षण प्रणलीमार्फत श्रम अडिटलाई थप व्यवस्थित बनाई श्रम शोषण अन्त्य गरिने बताइन्।
दक्ष श्रमिक, कामको सम्मान, स्वरोजगार, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापन सरकारको प्रमुख निती हुने उनले बताइन्।
राष्ट्रपति भण्डारीले भनिन्, "स्वस्थ नागरिक, गुण र प्रविधिमा आधारित शिक्षा, उत्पादन मैत्री वित्तिय प्रणली र उद्यमशिल वातावरण रोजगारीका आधार स्तम्ब हुन्। यसको विकास र सदुपयोग गरेर सरकारले व्यापक रोजगारीको अवसर सृजना गर्नेछ।"
पर्याप्त आन्तरिक रोजगार नभइसकेको अवस्थामा कोभिड १९ ले स्वदेशको रोजगार संकुचित हुने र बैदेशिक रोजगारमा रहेकाहरु पनि फर्किने परिस्ठितिले बेरोजगारको उच्च जोखिम रहने सरकारकाे ठहर छ । त्यसैले सरकारले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई व्यवसायका लागि सरकारले पुजी उपलब्ध गराउने नीति लिएकाे राष्ट्रपति भण्डारीले बताइन्। शिक्षित बेरोजगारलाईसमेत प्रोजेक्ट खोल्न आवश्यक पुजी उपलब्ध गराउने सरकारकाे नीती रहेकाे भन्दै उनले विभिन्न क्षेत्रमा रोजगार सेवा केन्द्र खोलिने समेत बताइन्।