काठमाडाैं- सरकारले मलुकलाई कोभिड १९ महामारी मुक्त देश बनाउने आफ्नो प्रमुख प्राथमिकता रहेको बताएको छ । त्यसका लागि कोरोना महामारीविरुद्ध लक्षित कार्यक्रमहरुलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने सरकारको योजना छ ।
महामारीका कारण हालसम्म कसैको पनि ज्यान नगएको उल्लेख गर्दै सरकारले महामारी रोक्न प्रतिबद्ध भएर अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ। आज संसदमा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, “कसैको ज्यान जान नदिन सरकार प्रतिबद्ध छ ।”
आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा सरकारले संक्रमण परिक्षणको दायरा फराकिलो बनाउनुका साथै चिकित्सकहरुको समेत पर्याप्त विस्तार गरिने उल्लेख गरेको छ । सरकारले कोरोनाको महामारी लम्बिएको अवस्थामा त्यसलाई रोक्न पूनः प्राथमिकीकरण गरी श्रोत साधनको परिचालन गरिने आफ्नो बार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
सरकारले महामारीको अन्त्यपछिको समेत रणनीति र कार्ययोजना तयार गरी अघि बढ्ने निति लिएको बताएको छ ।