काठमाडाैं- सरकारले दुई वर्षभित्र सञ्चार तथा सूचना प्रविधिको विकासका लागी डिजिटल कारोबारलाई प्रबद्र्धन गर्ने नीति लिएको छ।
शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षभित्र नगद कारोबारलाई निरुत्साहित गर्ने र सबै सरकारी कारोबारलाई डिजिटल बनाउने बताएकी हुन्।
दुई वर्षभित्र व्यक्ति व्यक्तिबिच कारोबार तथा अन्य सबै किसिमका व्यवसायीक भुक्तानी विद्युतिय माध्यमबाट गर्न सकिने व्यवस्था गरिने उनले जानकारी दिइन्।