काठमाडाैं - सरकारकाले २ वटा आन्तरिक विमानस्थल निर्माण गर्ने घाेषणा गरेकाे छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षबाट तेह्रथुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकको उपर्युक्त स्थानमा आन्तरिक विमानस्थलको निर्माण कार्य थालनी गरिने बताइन्।
उनले नयाँ विमानस्थल निर्माण कार्य सुरुसँगै थप ३ वटा आन्तरिक विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने जानकारी दिईन्।