काठमाडाैं - सरकारले पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूत मार्ग बनाउने भएको छ। आउँदो वर्षको सरकारकाे नीति तथा कार्यक्रममा पूर्व–पश्चिम राजमार्गको सबै खण्ड चार लेनको बनाइने उल्लेख छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूत मार्ग बनाइने बताइन्।
अहिले नारायणगढ र बुटवल सडकखण्डमा चार लेन बनाउने काम भइरहेको सरकारले बताएकाे छ।
सरकारले आउँदो वर्ष ३ सय सडक/पुलको निर्माण, सडक कालोपत्रे/मर्मतलाई तीव्रता, आगामी तीन वर्षमा फास्ट ट्रयाक निर्माण, जटिल पुल र सुरुङ निर्माण शुरु गर्ने कार्यक्रमहरु अघि सारेको छ।