काठमाडाैं- कोरोना महामारीवीच सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सबलीकरणमा जोड दिएको छ। त्यसका लागि सरकारले आगामी आर्थिक बर्षका लागि विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
सरकारले रोग नियन्त्रण केन्द्र स्थापना गर्ने कार्यक्रम ल्याएको सरकारले औषधि उत्पादन र वितरणको क्षेत्रमा पनि नयाँ निति लिएको छ।
सरकारले राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने कार्यक्रम ल्याएको छ । यसैगरी सरकारले आफ्नो नीति कार्यक्रममा स्वास्थ्यसम्बन्धि एकिकृत छाता ऐन ल्याउने घोषणा समेत गरेको छ।
सरकारले अन्तरराष्ट्रिय विमानस्थल र सिमानाकामा आधुनिक हेल्प डेस्क र क्वारेन्टीनको स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ।