सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा अपरान्ह सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । भएको छ। २ सय ७६ बुँदामा प्रस्तुत गरिएकाे सरकारकाे नीति तथा कार्यक्रम ६३ पृष्ठ लामाे छ जुन तुलनात्मकरुपले निकै लामाे हाे ।
नेपालमा कोरोना महामारीले ब्यापक रुप लिन थालेको छ । शुक्रबार १८ जना नयाँ संक्रमित थपिएका छन् । विहान ९ जनामा देखिएको कोरोना भाइरसको संक्रमण साँझ फेरि ९ जनामा पुष्टि भएको थियो ।
उदयपुरका एक युवा कोरोना मुक्त भएर घर फर्किएका छन्। कोशी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षीय युवा निको भएर घर फर्केका स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी युवा डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि २७ औँ दिनमा ती युवा डिस्चार्ज भएको बताए।
पर्सामा कोरोना भाइरस संक्रमित आइसोलेसनबाट भागेमा प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने निर्णय गरेको हो।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्रा्ष्ट्रिय विमानस्थलमा चार्टर्ड नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो। निगमको वाइडबडी जहाज आज राति ९ः०० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए।
कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ। जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ । अत्यावश्यक सवारी साधन मात्र चलेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार नारायणी पुलबाट एक प्रदेशसभा सदस्यलाई समेत फिर्ता गरिएको छ। सवारी अनुमतिपत्र नलिइ आएका उनलाई सम्झाएर पठाइएको हो। उनले भने, “अत्यावश्यकबाहेक कसैलाई पनि जिल्ला छिर्न दिइएको छैन।
सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेको छ। कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन्।
बन्दाबन्दीको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका २६ पसललाई रु चार लाख ४५ हजार जरिवाना गरिएको छ। बन्दाबन्दीको मौका छोपी खाद्य पसलमा हार्डवेयर सामग्री, मदिरा राख्ने, विषादीयुक्त गहुँको बीउ धोइपखाली खाद्यान्नको रूपमा बिक्री गर्न खोज्ने र अनुमति नदिइ जथाभावीरूपमा औषधि पसल सञ्चालन गर्नेलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जानकारी दिएका छन्।
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालिएको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिँदो अवस्थामा रहेकाले लहानस्थित अस्पताललाई ५० श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने तयारी थालिएको हो। प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने केही दिनअघि प्रदेश नं २ सरकारले निर्णय गरेको थियो।
जिल्लाको क्वारेन्टाइनमा बसेका ३९६ मध्ये शुक्रबारसम्म ३२७ व्यक्ति घर फर्किसकेका छन्। भारत लगायत तेस्रो मुलुक र जिल्ला बाहिरबाट आएका अधिकांशलाई स्थानीय पालिकाकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाएका हुन्। क्वारेन्टाइनमा रहेका सबैको आरडिटी र केही शङ्कास्पदको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फिर्ता गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताएका छन्। जिल्लाका १२ पालिकामा निर्मित १२८ क्वारेन्टाइनबाट १६१ को आरडिटीसमेत गरिसकिएको छ।