काठमाडाैं - सरकारले लिम्पियाधुरा समेत राखेर नेपालकाे नयाँ नक्सा सार्वजनिक गर्ने भएकाे छ। नेपाली भुमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेकाे भारतले सडक निर्माणकाे काम समेत शुरु गरेपछि प्रतिवादस्वरुप नेपाल सरकारले लिम्पियाधुरासहितकाे नयाँ नक्सा सार्वजिनक गर्ने घाेषाणा गरेकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अगामी आर्थिक वर्षको सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छुटेको नेपाली भूमिसमेत समेटेर नेपालको नक्शा जारी गरिने बताइन्।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न ठोस पहल गरिने प्रतिबद्धता समेत जनाएकाे छ।