नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ सय ७३ पुगेको छ। शनिबार बिहान ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौमा गरिएको परिक्षणअनुसार पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका २८ र २९ गरी दुई जना यूवक, बर्दिया जिल्ला नार्खुका २८ वर्षिय यूवती, सिरहा जिल्ला सखुवाका ३० वर्षिय यूवक, सर्लाही जिल्ला रामनगरकी १८ वर्षिय यूवती र चितवन जिल्ला गढौली निवासी २५ वर्षिय यूवतीमा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमित सबैको अवस्था सामान्य छ भने सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।