कोरोनाभाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला पर्साका यूवाहरुले आफुँहरु कोरोनाभाइरसबिरुद्दको लडाईमा अग्रसर हुन तयार रहेको बताएका छन्। विभिन्न क्षेत्रमा संलग्न वीरगञ्जमा ३० जना यूवाहरुले कोरोनाविरुद्द जिल्लामा भएको तयारीप्रति असन्तुष्टि जनाउदैँ यस्तो बताएका छन्।
शनिबार साझँ साझा विज्ञप्ती जारी गर्दै उनीहरुले भनेका छन्, ‘‘हामी कोरोनाभाइरसविरुद्दको लडाईमा स्वयमसेवकको रुपमा अग्रसर हुने प्रतिवद्दता जाहेर गर्दछौ।’’
उनीहरुले सरोकारवालाहरुलाई विभिन्न सुझाव दिँदै जिल्लामा कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको प्रयास चित्तबुझ्दो नभएको दावी गरेका छन्। ‘‘आइसोलेसन वार्डभित्रको बेथिती र कमजोर व्यवस्थापनप्रति हामी वीरगञ्जका यूवा नागरिक समाजको गम्भिर ध्यानाकर्षण भएको छ’’ यूवाहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘‘लकडाउनमा स्थानिय प्रशासनले जनताले भोगिरहेको सास्तीलाई घटाउँदै राहत वीतरणलाई बनाउनुपर्नेमा विभिन्न अपरिपक्व निर्णय गरिरहेको छ।’’
यूवाहरुले कोरोनाभाइरसबिरुद्दको कदमलाई अझ प्रभावकारी बनाउन विभिन्न सुझावसहित अपिलसमेत गरेका छन्।
विज्ञप्तीको पुर्णपाठ