काठमाडाैं - आज थप १० जना काेराेना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ९१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहान थपिएका सबै संक्रमित रौतहट जिल्लाका रहेका छन्।
आइतबार थपिएका १८ देखि ४८ वर्षका सबै संक्रमित पुरुष हुन्। रौतहटको राजपुर नगरपालिका फरहदवा–९ निवासी १८ देखि ४८ वर्षीय सात जना पुरुष र रौतहटकै इशनाथ नगरपालिका- ३ र ५ निवासी २८ देखि ३३ वर्षका तीन जना पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।
त्यस्तै संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ।
