काठमाडौं – आज (आइतबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे लकडाउनको बिषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
शनिबार कोरोना संक्रमणको कारण धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि र संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिने तयारी गरिएको हो।
बैठकमा सीमानाकामा अझ कडाइ गरिने तथा प्रभावित क्षेत्रका आधारमा लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।
हालसम्म नेपालमा संक्रमितको संख्या २ सय ९१ जना पुगेका छन्। जसमध्ये ३६ जना निकाे भएर घर फर्किसकेका छन्। यसअघि वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले केही खुकुलो प्रावधानसहित ११ दिनका लागि लकडाउन थपेको थियो।