एजेन्सी- विश्व बजारमा निकै छोटो समय अवधिमा फस्टाउन सफल चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो चर्चित एक्स सीरीज अन्तर्गतकाे नयाँ स्मार्टफोन लन्च गर्ने भएकाे छ । कम्पनीले 'रियलमी एक्स फिफ्टी प्रो प्लेयर एडिशन' (Realme X50 Pro Player Edition) नाम दिइएकाे नयाँ स्मार्टफाेन २५ मे मा अनलाइन इभेन्टमार्फत लन्च गर्ने तयारी गरेकाे हाे ।
कम्पनीले क्वाड रियर क्यामरा सेटअप रहेकाे याे स्मार्टफोन सबै भन्दा पहिले चीनमा सार्वजनिक गर्ने बताएकाे छ । याेसँगै कम्पनीले अन्य सात नयाँ प्रोडक्ट्स पनि लन्च गर्ने भएकाे छ । जसमा TWS ईयरबड्स र पावर बैंक पनि समावेश रहेकाे जनाएकाे छ ।
केहि दिन अघि कम्पनीमा कार्यरत Xu Qi Chase ले कोडनेम 'ब्लेड रनर' स्मार्टफोन ओइबो (Weibo) मा टीज गरेका थिए । तर शुक्रबार भने कम्पनीले याे स्मार्टफोन रियलमी एक्स ५० प्रो प्लेयर एडिशनकाे नामबाट लन्च गर्ने खुलासा गर्याे । ओइबो एक साेसल मिडिया प्लेटफर्म हाे । चीनमा चर्चित रहेकाे ओइबोलाई चाइनीज ट्वीटर पनि भन्ने गरिन्छ । ट्वीटरमा ट्विट गरेकाे भने जस्तै ओइबोमा टीज गरिन्छ ।
रियलमी एक्स ५० प्रो प्लेयर एडिशनकाे फिचरहरू आधिकारिक रूपमा सार्वजनिक नभइसकेकाे भएता पनि यसलाई गत फेब्रवरी महिनामा लन्च भएकाे रियलमी एक्स ५० प्रो (Realme X50 Pro) फ्ल्यागशिपकाे रीब्राण्डेड संस्करण भएकाे अनुमान गर्न सकिन्छ । यसकाे डिजाइन रियलमी एक्स ५० प्रोसँगै मिल्दाेजुल्दाे रहेकाे छ ।
रियलमी एक्स ५० प्रोमा जस्तै रियलमी एक्स ५० प्रो प्लेयर एडिशनमा पनि क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसर चीपसेट दिइएकाे अनुमान गरिएकाे छ । फाइभ जी (5G) सपोर्टिभ याे स्मार्टफोन एन्ड्रोइड १० मा आधारित रहने छ ।
कम्पनीले सार्वजनिक गरेकाे केहि तस्बिरका अनुसार यस स्मार्टफोनकाे राइट साइडमा भ्याेल्यूम रकर (volume rocker- भ्याेल्यूम बढाउने तथा घटाउने) बटन समावेश गरिएकाे छ । यस स्मार्टफोनकाे डाउन साइडमा एक्सटर्नल स्पीकर, टाइप-सी पोर्ट र एक माइक्रोफोन तथा एक सिम कार्ड स्लट (SIM Slot) राखिएको छ ।
याे स्मार्टफोनमा 2400 x 1080 पिक्सेल रिजोलुशन रहेको ६.४४ इन्चको फुल एचडिप्लस सुपर प्लस एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ भने याे स्मार्टफोन इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सरकाे साथमा कर्निंग गोरिल्ला ग्लास 5 प्रोटेक्शनसहित आउने अनुमान गरिएकाे छ । फोनको रिफ्रेश रेट ९० हर्ज (90Hz) रहेने छ ।
रियलमी एक्स ५० प्रो प्लेयर एडिशन ८ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज गरि दुइ भेरिएन्टमा उपलब्ध रहेने अनुमान गरिएकाे छ । यसमा ४२०० एमएएच (4200 mAh) काे ब्याट्री राखिएको छ भने ६५ वाट (65W) काे सुपर फास्ट चार्जिङ सिस्टम रहेने छ।
फोटोग्राफी तथा भिडियाेग्राफीका लागि रियलमी एक्स ५० प्रो प्लेयर एडिशनमा क्वाड रियर क्यामरा सेटअप रहेकाे छ, जसमध्ये ४८ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेल वाइड-एंगल लेन्स, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ लेन्स समावेश भएकाे हुन सक्ने अनुमान छ । यस बाहेक सेल्फीका लागि यसकाे फ्रन्टमा ड्यूअल क्यामरा सेटअप रहेकाे छ । जुन लिक भएकाे तस्बिरमा पनि देख्न सकिन्छ । ड्यूअल सेल्फी क्यामरा मध्ये १६ मेगापिक्सेलको प्राइमरी क्यामरा र २ मेगापिक्सेलको वाइड एंगल क्यामरा रहेकाे अनुमान गरिएकाे छ ।
चीनमा लन्च हुन लागेकाे यो स्मार्टफोनको बजार मूल्य हालसम्म निर्धारण गरिएकाे छैन् । तर फेब्रवरी महिनामा लन्च भएकाे रियलमी एक्स ५० प्रोकाे शुरुवाती मुल्य भने ३७ हजार ९ सय ९९ भारतिय रुपैंया निर्धारण गरिएकाे थियाे । कम्पनीले याे स्मार्टफोन मोश ग्रीन र रस्ट रेड कलर अप्शनमा सार्वजनिक गरेकाे थियाे । ६ जीबी र्याम प्लस १२८ जीबी, ८ जीबी प्लस १२८ जीबी र १२ जीबी प्लस २५६ जीबी गरि तीन भेरियन्टमा याे स्मार्टफोन उपलब्ध रहेकाे छ । जसको मुल्य क्रमश ३७ हजार ९सय ९९ भारतिय रुपैंया, ३९ हजार ९ सय ९९ भारतिय रुपैंया र ४४ हजार ९ यस ९९ भारतिय रुपैंया रहेको छ । यसलाई नेपाली मूल्यमा रुपान्तरण गर्ने हाे भने क्रमश लगभग ६० हजार ८ सय रुपैंया, ६४ हजार १ सय रुपैंया, र ७२ हजार १ सय रुपैंया पर्न आउँछ । यद्यपी याे स्मार्टफोन नेपली बजारमा भने आइसकेकाे छैन ।