काठमाडौं– छाती दुखेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन्। आइतबार बिहान उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन्।
उनी बिहान ११ बजे अस्पतालमा पुगेका थिए। त्यसपछि उनको चिकित्सकहरुले थप स्वास्थ्य जाँच गराएका छन्।
पारिवारिक श्रोतले उनको अवस्थामा सामान्य रहेको बताए। एक महिनाअघि उनको शरीरमा जनै खटिरा आएको थियो।