काठमाडाैं– नेपालमा काेराेना संक्रमणका कारण दाेस्राे व्यक्तिकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, क्वारेन्टिनमा रहेका बाँकेकाे नरैनापुरका २५ वर्षिय पुरुषकाे आइतबार विहान निधन भएकाे हाे ।
शनिबार साँझ स्वास्थ्यमा समस्या आएका उनकाे आइतबार विहान ६ बजेर ४० मिनटमा निधन भएकाे स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार ब्रिफिङ्गमा प्रवक्ता विकास देवकाेटाले जानकारी दिए ।
आज मृत्यु भएका ती व्यक्ति गत बैसाख ३० गते भारतबाट नेपाल आएका थिए । काेराेना संक्रमणका कारण मृत्यु भएका उनी दाेस्राे व्यक्ति हुन् । यसअघि सिन्धुपाल्चोक, बाह्रबिसे–९ की २९ वर्षीया एकजना सुत्केरी महिलाको काेराेना संक्रमणका कारणा विहिबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियाे ।