काठमाडौं– कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय-समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ। आइतबार बसेको समितिको बैठकले लकडाउन थप गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ। लकडाउन जेठ १५ गतेसम्मको लागि लम्ब्याउन सक्ने बताइएको छ।
यसबारे आजै ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ। यसअघि वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले केही खुकुलो प्रावधानसहित ११ दिनका लागि लकडाउन थपेको थियो। कोरोना संक्रमण बढीरहेको र कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो।
जनस्वास्थ्यका विज्ञहरुले बढी प्रभावित क्षेत्रहरुमा लकडाउन थप कडाई बनाउने र अन्य क्षेत्रमा खुकुलो बनाउने नीति लिनुपर्ने बताउँदै आएका छन्।